चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङको ७३७ विमानभन्दा ठूलो हाइपरसोनिक जेट विकास गरिरहेको छ।
चीनको मंगल ग्रह र चन्द्र अभियानमा संलग्न वैज्ञानिकहरुले ४५ मिटर लामो विमानको डिजाइन तयार गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यो हाइपरसोनिक विमान बोइङको ७३७ र ७०० मोडेलभन्दा लामो हुनेछ।
चीनको यस ध्वनीभन्दा तिव्र गतिमा उड्ने विमानमा दुईवटा एअर ब्रिथिङ इन्जिन हुनेछन्। साथै यसको डेल्टा पखेटा पूर्व विमान निर्माता कम्पनी कन्कर्ड विमानकोजस्तै छ।
विज्ञहरुले चीनले डिजाइन गरेको हाइपरसोनिक विमान ध्वनीको गतिभन्दा ५ गुणा बढी तिव्र गतिमा उडे त्यसले बहु वायुगतिकीय चुनौतीहरू निम्त्याउनसक्ने बताएका छन्।
(चीनको हाइपरसोनिक विमानको डिजाइन,तस्बिरः बेइजिङ इन्स्टिट्युट अफ टेक्नोलोजी)
तर यो विमानमा डिजाइनकर्ता चिनियाँ वैज्ञानिकहरुले नयाँ वायुगतिकीय मोडल अपनाउनेछन्। चीनको पछिल्लो अन्तरिक्ष अभियानमा सो मोडलले काम गरेको देखिएको बताइएको छ।
चिनियाँ विज्ञले माक ६ ‘प्रतिघण्टा ७ हजार ३४४ किमीको गति’ ध्वनीको गतिभन्दा ६ गुणा तिव्र गतिमा हाइपरसोनिक विमान उड्दा उत्पन्न हुने खतराको बारेमा पत्ता लगाएका छन्। उनीहरुले विमानमा खतरा देखिने स्थानलाई थप सुरक्षा प्रदान गर्ने हिसाबले काम गरेको जनाइएको छ।
सन् २०२५ सम्ममा यो विमान निर्माण भएर परीक्षणमा जानेछ। चीनले रकेटको गतिमा उड्ने हाइपरसोनिक विमानलाई सामान्य उडानमा सामिल गर्ने उद्देश्य लिएको छ।
सो कार्य सन् २०४५ भित्र पुरा हुने चीनको अपेक्षा छ। अबको १० वर्ष भित्र भने आफूले १० यात्रु बोक्ने विमान बनाउने र सो विमान एक घण्टा भित्रै पृथ्वीको जुनसुकै स्थानमा जाने पनि चिनियाँ वैज्ञानिकको दाबी छ।
(चीनको हाइपरसोनिक विमानको डिजाइन,तस्बिरः बेइजिङ इन्स्टिट्युट अफ टेक्नोलोजी)
Shares
प्रतिक्रिया