बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन्।
७१ वर्षीय ब्रान्सन आइतबार अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्सी निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका हुन्।
सो यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो। ब्रान्सहित पाँच चालकदलका सदस्यले करिब तीनचार मिनेट गुरुत्वशून्यताको अनुभव गरेका थिए।
यान सुरक्षित रुपमा पृथ्वीमा अवतरण भएको छ।
‘सत्र वर्षको मेहनतले हामीलाई यहाँ पु¥याएको छ,’ खुसी हुँदै ब्रान्सनले भने।
पछिल्लो समय अर्बपतिहरुबीच अन्तरीक्ष यात्राका लागि प्रतिस्पर्धा भइरहेको छ। अमेजनका जेफ बेजोस र टेस्लाका इलोन मस्क पनि यो दौडमा छन्। बेजोस नौ दिनपछि नै आफ्नै यानमा अन्तरीक्षतर्फ लाग्दैछन्।
315
Shares
प्रतिक्रिया