ad ad

राजनीति


कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते

कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:४१, काठमाडौँ

कोशी प्रदेशमा पहिचानवादीहरुले फेरि आन्दोलन चर्काएका छन्। 

विराटनगरस्थित प्रदेशसभा भवनमा कोशी प्रदेशसभाको बैठक भइरहँदा सडकमा पहिचानवादीले उग्र प्रदर्शन गरेका हु्न्। 

पहिचानवादीको उग्र आन्दोलनका क्रममा प्रहरीसहित दर्जनौँ घाइते भएका छन्। झडपका क्रममा प्रहरी र आन्दोलनकारी दुवैतिर केहीको टाउको पनि फुटेको छ।

झडपका क्रममा आधा दर्जनभन्दा बढी प्रहरी र आन्दोलनकारी घाइते भएका हुन्। 

सडकमा चर्को आन्दोलन भइरहँदा प्रदेशसभा बैठकमा पनि सांसदहरुले आन्दोलनकारीसँग तत्कालन तत्काल वार्ता प्रदेश सरकारसँग माग गरेका छन्। 

प्रदेशसभा बैठककका क्रममा सांसदहरुले कोशी नाम जुराइसकेपछि सार्वजनिक स्थानमा जान पनि डराउनुपर्ने अवस्था आएको बताए। 

नेकपा (एकीकृत समाजवादी) का सांसद कमल जबेगुले यो विवादका कारण जेलमा बसेजस्तो हुन थालेको बताउँदै सार्वजनिक स्थानमा जान पनि कठिन भएको उल्लेख गरे। 

उनले बहुमतका नाममा अल्पमतलाई पेल्न नहुने तर्क गर्दै अहिलेको समस्यालाई वार्ताबाट सम्बोधन गर्नु जरुरी रहेको उल्लेख गरे। 

पहिचानवादीको आन्दोलनमा दमन गरिरहँदा यसले राम्रो नतिजा नदिने पनि बताएका छन्। प्रदेशमा शान्तिसुरक्षा कायम गर्न पनि अहिलेको समस्याको वार्ताबाट समाधान गर्न प्रदेश सरकारले समिति बनाउनुपर्ने उनको माग थियो। 

त्यसैगरी प्रतिपक्षी नेपाली कांग्रेसका सांसद खगेनसिंह हाङ्माङले सदनदेखि सडकसम्म सरकारले काम नै गर्न नसक्ने अवस्था आएको उल्लेख गरे। उनले सडकको आन्दोलनको सम्बोधनका लागि पहिचानवादीलाई वार्तामा बोलाउन माग गरे। 

प्रदेशसभा सदस्यहरुले सांसदहरुले बोल्नुअघि सभामुख बाबुराम गौतमले अहिलेको समस्याको समाधान संवैधानिक विधिबाट हुने बताएका थिए। 

उनले लोकतान्त्रिक र शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न सकिने बताए। संवैधानिक प्रक्रिया पूरा गरेर नाम राखिएकाले अर्को नाम राख्न पनि सडकबाट भन्दा सदनबाटै उपाय अवलम्बन गरिनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .