ad ad

कारोबार


आर्थिक सर्वेक्षण : ५१ प्रतिशत सडक कालोपत्रे, ७५ वटा पुल निर्माण

आर्थिक सर्वेक्षण : ५१ प्रतिशत सडक कालोपत्रे, ७५ वटा पुल निर्माण

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १५:४४, काठमाडौँ

कुल सडकमध्ये ५१ प्रतिशत कालोपत्रे भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे भएको हो। 

कुल ७ हजार ९५६ किलोमिटर ग्रावेल र ८ हजार ६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको छ। 

कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राबेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ। 

२०७९ असारसम्म सडकको कुल लम्बाई ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ।

यस अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल)स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। 

साथै, ८ हजार २५४  किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ।

यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .