बाजुरामा मतगणना सुरु भएको छ। केहीबेरअघि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेले बताए।
गत मंसिर ४ गते मतदानको दिन बाजुराका विभिन्न मतदान केन्द्रमा विवाद हुँदा मतगणना हुन सकेको थिएन। निर्वाचन आयोगले स्थलगत अध्ययन गरेपछि बाजुरामा मतगणना गर्ने निर्णय गरेको थियो।
आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको थियो।
मतगणना सुरु गर्न डाकिएको बैठकमा एमालेका प्रतिनिधि नगएपछि मतगणना अगाडि बढ्न सकेको थिएन।
सर्वपक्षीय सहमतिपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
360
Shares
प्रतिक्रिया