निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि रोकिएको स्याङ्जा २ को मतगणना सुरु भएको छ। बुधबार बसेको सर्वदलीय बैठकमा मतगणना सुरु गर्न सहमति जुटेको हो। यससँगै गल्याङ नगरपालिका वडा नं ६ बाट बाट मतगणना सुरु भएको हो।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालसहित प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले छानबिन र पुनः मतदानको व्यवस्था गर्न माग गरेका थिए।
तर, निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएको थियो।
सो क्षेत्रमा एमालेका अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।
144
Shares
प्रतिक्रिया