ad ad

राजनीति


गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ ठूलो दल बन्दै कांग्रेस

मुख्यमन्त्रीमा प्रस्तावित सुरेन्द्र पाण्डे भारी मतले विजयी
गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ ठूलो दल बन्दै कांग्रेस

सुरेन्द्र पाण्डे


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १०:२२, पोखरा

माओवादी अध्यक्ष प्रचण्डले गोरखाको चुनावी आमसभामा पटक–पटक भनेका थि,  ‘गण्डकीको मुख्यमन्त्री हुने सुरेन्द्रजी (सुरेन्द्र पाण्डे) यहीँ हुनुहुन्छ, यो विषयमा मैले देउवाजी (कांग्रेस सभापति शेरबहादुर देउवा) सँग पनि कुरा गरिसकेको छु।’ 

प्रचण्डले चुनावी  क्षेत्र गोरखा २ बाट  कांग्रेसले सुरेन्द्रलाई सर्वसम्मत रुपले उम्मेदवार सिफारिस गरेको थियो। तर, चितवन छाडेर प्रचण्ड गोखरा आएसँगै सुरेन्द्रलाई प्रदेशमा झारियो। 

५ दलीय गठबन्धनकोतर्फबाट गोरखाको क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभाका उम्मेदवारी दिएसँगै पाण्डेलाई  मुख्यमन्त्री प्रक्षेपण गरिएको थियो। 

कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाकै आग्रहमा उनी मुख्यमन्त्री बन्नेगरी प्रदेश आएका थिए। अहिले उनै सुरेन्द्र सो क्षेत्रबाट भारी मतान्तरले विजयी बनेका छन्। 

प्रतिस्पर्धी एमालेका बसन्त गुरुङलाई ११ हजार ५१२ मतान्तरले पराजित गर्दै उनले पोखरातिरको यात्रा सोझ्याएका छन्। खसेको २७ हजार ४३० मध्ये पाण्डेले १६ हजार ८८२ र बसन्तले ५ हजार ३६० मत प्राप्त गरे। 

राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेता भइसकेका पाण्डे मुख्यमन्त्री बन्छन् कि बन्दैनन् भन्ने प्रष्ट भइसकेको छैन तर चुनावी परिणामले उनको यात्रा बलियो बन्दै गएको देखिन्छ। 

गण्डकी प्रदेशसभा ६० सदस्यीय छ।  ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३० सिट चाहिन्छ। अहिलेसम्म कांग्रेसले प्रत्यक्षतर्फ १० सिट जितेको छ। 

अघिल्लोपटक कांग्रेसले प्रत्यक्षमा ६ सिटमात्र जितेको थियो । अहिले कांग्रेस लमजुङका दुवै क्षेत्रमा, स्याङ्जामा ३ वटा क्षेत्र, नवलपुरको एक सिट र तनहुँको एक सिटमा अगाडि छ। 

यी सबै ठाउँमा जित्दा कांग्रेस गण्डकीको पहिलो पार्टी बन्ने सम्भावना बढेर गएको छ। अर्कोतर्फ कांग्रेसलाई गठबन्धन दलको पनि साथ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .