ad ad

राजनीति


नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे

नेपालखबर
असोज ६, २०७६ सोमबार १६:१६,

नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट पुनः नारायणमान बिजुक्छे अध्यक्षमा निर्वाचित भएका छन्। पार्टी स्थापनाकालदेखि नै अध्यक्ष भएका बिजुक्छे यसपटक पनि सर्वसम्मतबाट पार्टीको अध्यक्षमा चयन भएका हुन्।

सोमबार सम्पन्न बन्दसत्रले विजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका छन्। सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका छन्। कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि बिजुक्छेले कम्युनिष्ट पार्टीको नाममा नेकपाले जनतालाई छलछाम गरेर झुक्याएको बताए। उनले समाजवादी क्रान्तिका लागि इमान्दारीपूर्वक पहलकदमी लिने प्रतिवद्धता पनि जाहेर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .