पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन्।
शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको विमोचन समारोहमा बोल्दै खनालले चीनले ७÷८ वर्षमा अमेरिकालाई पनि उछिन्ने बताए।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेतासमेत रहेका खनालले लामो संघर्ष पश्चातको ४० वर्षको छोटो समयमै चीन महाशक्ति राष्ट्रको दर्जामा उभिन सक्नु संसारका कम्युनिस्ट तथा समाजवादी देशहरुको लागि उदाहरणीय भएको बताए।
नेता खनालले १९६६ देखि ०७६सम्मको चिनियाँ सांस्कृतिक क्रान्तिलाई उग्रवामपन्थी भड्काववादी आन्दोलनको संज्ञा दिए। ‘समाज रुपान्तरण विस्तारै हुन्छ, कतिपयले चीनको वर्तमान विकासको अधारलाईसमेत प्रतिक्रान्तिको नजरले हेर्छन्, जुन गलत हो’, उनले भने।
नेता खनालले नेपालमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेको र अब देश समाजवादी बाटोतिर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे। उनले भने, ‘समाजवादतिर अघि बढ्न नीति, सिद्धान्त र ब्यवहारले हाम्रो पार्टी प्रष्ट हुनुपर्छ।’
उनले नेपाली समाजलाई दलाल पुँजीवादले जकडाएको र यो सरकारको मूल चुनौती भएको धारणा राख्दै, दुर्र्इ तिहाइको कम्युनिस्ट सत्तालाई पनि कर्मचारी तन्त्र र प्रशासनले नर्टेनु दुःखद भएको धारणा राखे।
उनले लेखकलाई गुणस्तरी पुस्तक लेख्न सफल भएकोमा बधाई तथा धन्यवाद दिदै, राजनीतिक र आर्थिक विकास नै सांस्कृतिक विकासको आधार रहेकोले सबैले यी पुस्तक पढ्न अपिल गरे।
साहित्यकार तथा लेखक भानु भण्डारीले सांस्कृतिक रुपान्तरणभन्दा पनि समाजको आमुल परिवर्तन आजको आवाश्कता भएको बताए। लेखक भण्डारीले समाजको परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नु पर्ने धारणा राखे।
कार्यक्रममा नेकपा नेता तथा सांस्कृतिक विभाग प्रमुख मणि थापा,
समालोचक तथा विश्लेषक प्रा.डा. गोपीन्द्र पौडल लगायतले बोलको थिए।
प्रतिक्रिया