केहीअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिसँग न्यूयोर्कमा भेटवार्ता हुनसक्ने बताएका थिए।
संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताएका हुन्।
इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भने,‘हामीले वार्ताको कुनै योजना पनि बनाएका छैनौं, र मेरो विचारमा न्यूयोर्कमा भेटघाट हुने कुनै सम्भावना छैन।’
हाल इरान र अमेरिकाबीच विवाद छ। युरेनियमको उत्पादन बढाएपछि अमेरिका इरानसँग रुष्ट बनेको हो। इनरिच्ड गरिएका युरेनियमहरु परमाणु हतियार बनाउन प्रयोग हुन्छन्।
परमाणु हतियार बनाउनका लागि इरानले युरेनियम उत्पादन तिव्र बनाएको अमेरिकी आरोप रहेको छ।
हालै साउदी अरबको तेल प्रशोधन केन्द्रमा हुथी विद्रोहीेले आक्रमण गर्दा उक्त आक्रमण इरानले गरेको अमेरिकाले आरोप लगाएको थियो। एएफपी
Shares
प्रतिक्रिया