ad ad

राजनीति


प्रधानमन्त्री ओली सिंगापुरबाट साढे १२ बजे स्वदेश आइपुग्दै

प्रधानमन्त्री ओली सिंगापुरबाट साढे १२ बजे स्वदेश आइपुग्दै

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ३:४५,

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) स्वदेश फर्किंदै छन्।

प्रधानमन्त्री ओली आज दिउँसो साढे १२ बजेतिर काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।

‘थाइ एयरबाट प्रधानमन्त्री दिउँसो १ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुहुनेछ,’ नेपालखबरसँग प्रेस सल्लाहकार अर्यालले भने।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो।

‘डाक्टरले अब तपाईं काम गर्न सक्नुहुन्छ भनेका छन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने, ‘उहाँ सफल उपचार गरेर फर्किंदै हुनुहुन्छ।’

प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्कने अर्यालले जानकारी दिए।

प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।

उपचारकै क्रममा प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक चलाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .