ad ad

छापा खबर


दूधको भाउ बढ्यो, कति पुग्याे लिटरकाे ?

दूधको भाउ बढ्यो, कति पुग्याे लिटरकाे ?

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ३:२१,

सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए।

‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौँ’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ।’

उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै मूल्य नबढाए आन्दोलन गर्ने किसानले चेतावनी दिएपछि सरकारले स्वीकृति दिएको हो।यो खबर आजको नागरिक दैनिकमा प्रेम पुन्थोकीले लेखेका छन्।

७० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .