ad ad

राजनीति


प्रचण्डले अध्यक्षता गर्ने नेकपा सचिवालयको पहिलो बैठक धुम्बाराहीमा

प्रचण्डले अध्यक्षता गर्ने नेकपा सचिवालयको पहिलो बैठक धुम्बाराहीमा

नेपालखबर
भदौ ८, २०७६ आइतबार १३:५३,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक पार्टी सचिवालयको बैठक बोलाएका छन्।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन्। बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोट जुगलले बताए।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेको करिब डेढ वर्षपछि पहिलो पटक अध्यक्ष प्रचण्डले सचिवालय बैठकको अध्यक्षता गर्न लागेका हुन्। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिने बैठकको अध्यक्षता अध्यक्ष ओलीले नै गर्दै आएका थिए।

ओलीको अनुपस्थितिमा प्रचण्डले पहिलो बैठक नै पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा डाकेका छन्।

उपचारका लागि सिंगापुर उड्नु केही दिनअघि ओलीले पार्टीको बैठक आयोजना गरी एकताका बाँकी काम सहमतीका आधारमा टुंग्याउन प्रचण्डलाई आग्रह गरेका थिए।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सोमबारको बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा रहेका छन्।

‘महानगरहरूमा पार्टीको इन्चार्ज तोक्ने काम भएपनि अध्यक्ष र सचिव तोकिएको छैन, सोमबारको बैठकले संभवतः पाँच वटा महानगरसहित पाँच वटा केन्द्रीय निकाय र सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्नेछ’, रिजालले भने।

बैठकले नेकपाको सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग र निर्वाचन आयोगको अध्यक्ष तथा सचिव तोक्नेछ।

त्यस्तै भारत, अमेरिका, यूरोप, पूर्वी एशिया, मध्यपूर्व लगायत सात वटा प्रवास क्षेत्रका इन्चार्ज र सहइन्चार्ज तथा समग्र प्रवास हेर्ने गरी एक जना संयोजक तोक्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .