नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम जाने भएका छन्।
नेकपा विभाजन भएपछि गौतमले पार्टी एकता अभियान चलाउँदै आएका थिए।
अध्यक्ष केपी शर्मा ओलीसँग असहमत हुँदै आएका उनी २०७५ जेठ २ मा फर्कन तयार भएपछि आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन लागेको जनाइएको छ।
गौतमलाई १३ औं केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पत्र पठाइएको थियो।
बैठकमा माधव कुमार नेपाल पक्ष भने सहभागी छैन। बिहीबार साँझ एमाले कार्यदलको बैठकमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक सार्नु पर्ने बताएको थियो।
प्रतिक्रिया