संसद् विघटनसम्बन्धी मुद्दामा आज सरकार पक्षको बहस सकिएपछि सभामुख अग्निप्रसदा सापकोटाका तर्फबाट बहस सुरु हुने सम्भावना छ।
प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै उनीसमेत १४६ सांसदले हालेको रिट निवेदन सम्बन्धमा विपक्षी अर्थात् सरकार पक्षका वकिलले आज आफ्नो बहस सकाउँदै छन्।
यो पनि : संसद् विघटन मुद्दा : सरकार पक्षको बहस आज सकिँदै
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकार पक्षको बहस आज सकिने र त्यसपछि भामुख सापकोटाका तर्फबाट बसह सुरु हुने भएको हो।
त्यसका लागि सभामुखका तर्फबाट बहस गर्ने अधिवक्ताको सूची बनाइएको छ। सूचीमा वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी छन्।
Shares
प्रतिक्रिया