गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले मागेको विश्वासको मतमाथि मतदान प्रक्रिया सुरु भएको छ।
शुक्रबार प्रदेश सभाको दोस्रो बैठकमा मतदान प्रक्रिया सुरु भएको हो।
आजै बसेको पहिलो बैठकमा दलका नेताहरुले आआफ्ना धारणा राखेका थिए।
गण्डकीमा अहिले सभामुखसहित ५९ सदस्यीय प्रदेश सभा रहेको छ।
राष्ट्रिय जनमोर्चाका कृष्ण थापा कारबाहीमा परेपछि ६० सदस्यीय प्रदेश सभामा १ जना सदस्य घटेका हुन्।
प्रतिक्रिया