पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको भौगोलिक संवेदनशीलतालाई ध्यान नदिँदा अहिले बाढीपहिरोको बितण्डा बढेको बताएका छन्।
बिगत केही दिनदेखि सिन्धुपाल्चोक, मनाङसहित देशका धेरै जिल्लामा बाढीपहिरोले पुर्याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै उनले यसबाट पाठ सिक्नुपर्नेमा जोड दिएका हुन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा नेता भट्टराईले बाढीपहिरो पीडितको उद्धार र राहत तथा यसको दीर्घकालिन समाधानमा केन्द्रीत भएर काम गर्न आग्रह गरेका हुन्।
‘वर्षाको शुरूमै वाढीपहिरोको वितण्डा र जनधनको क्षतिबाट पाठ सिकौं, गल्ती नदोहोर्याउँ,’ नेता भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘पहिलो, तत्काल सुरक्षा, उद्धार, पुनर्स्थापनाका निम्ति संघ, प्रदेश र स्थानीय तहको संयोजनमा सम्पूर्ण शक्ति परिचालन गरौं। दोश्रो, देशको हिमाल/पहाड/ तराईको संवेदनशील भूभौतिक संरचनालाई ध्यानदिंदै डोजरे विकास रोकौं!’
प्रतिक्रिया