वर्षा, बाढी र पहिरोबाट अहिलेसम्म १३ जिल्ला प्रभावित भएका छन्।
गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत विभन्न जिल्ला प्रभावित भएका हुन्।
यीमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोक र मनाङ प्रभावित भएका छन्।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्म बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा १–१ जना गरी ६ जनाको मृत्यु भएको छ।
त्यस्तै बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा १–१ जना, जाजरकोटमा ७ जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता छन्।
बाढी पहिरोबाट विभिन्न जिल्लामा गरी ८९ घर पूर्ण र २६ घर आशिंक रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ।
यस्तै बाढी पहिराका कारण सिन्धुपाल्चोकमा ६ जना, स्याङ्जामा १ जना, डोटीमा २ जना र जुम्लामा २ जना गरी जम्मा ११ जना घाइते भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा वर्षा जारी रहनेछ।
बाढी, पहिरो र डुबानको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ।
हेर्नुहोस्, विज्ञप्ति :
यो पनि :
सिन्धुपाल्चोक बाढी-पहिरो : एक चिनियाँको शव भेटियो, पति-पत्नीसहित १५ जना पत्ता लाग्न बाँकी
प्रतिक्रिया