ad ad

राजनीति


केही नेताले वक्तव्य दिँदैमा सरकारको वैधानिकता खण्डित हुँदैन : अर्थमन्त्री पौडेल

केही नेताले वक्तव्य दिँदैमा सरकारको वैधानिकता खण्डित हुँदैन : अर्थमन्त्री पौडेल

नेपालखबर
जेठ १६, २०७८ आइतबार ११:१२,

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले केही नेताले वक्तव्य दिँदैमा सरकारको वैधानिकता खण्डित नहुने बताएका छन्।

उनले अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विपक्षी नेताहरुलाई लक्षित गर्दै उक्त कुरा बताएका हुन्।  उनले आगामी वर्ष कोरोना खोप लगाउँदै बजेट कार्यन्वयन गर्ने बताए।

सरकारले समयै कोरोना खोप उपलब्ध गरायो भन्ने विश्वास सर्वधारणमा दिलाउने अर्थमन्त्री पौडेलले बताए। बजेटमा निर्धारण गरिएका लक्ष्य पुरा गर्ने उनको दाबी छ।

कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले बजेट खर्च हुन सक्ने पर्याप्त आधार रहेको बताए। नयाँ आयोजना भन्दा पनि निर्माणको कामलाई निरन्तरता दिएको अर्थसचिव ढुंगानाले बताए।

उनले नेपालका विद्युत उत्पादन खपत बढाउन केही राजस्वको दर निर्धारण गरिएको बताए।

६.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पुरा गर्ने अवस्थामा पुग्ने उनको दाबी छ। उनले सबै नेपालीलाई खोप दिएपछि अर्थतन्त्र सामान्य अवस्थामा फर्किने बताए।

उनले ऋणमा लिएको स्रोत विकास निर्माणको लागि प्रयोग हुने बताए। अर्थमन्त्रालयको सहमतिमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाउन सक्ने भएकाले छिट्टै बन्ने ढुंगानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .