ad ad

राजनीति


आइपुग्यो थाइल्याण्डको राजपरिवारले पठाएको स्वास्थ्य सामग्री (सूची)

आइपुग्यो थाइल्याण्डको राजपरिवारले पठाएको स्वास्थ्य सामग्री (सूची)

नेपालखबर
जेठ १६, २०७८ आइतबार ९:३५,

थाइल्यण्डका राजा महावजिरलङकर्न र राजपरिवारका अन्य सदस्यले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु लिएर एक विशेष विमान काठमाडौं आइपुगेको छ।

कोरोना महामारी सामना गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री बोकेको सो जहाज आइतबार काठमाडौं आइपुगेको हो।

नेपालका लागि थाई राजदूत भोसिता भोरासफले सो सामग्री स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।

त्रिभुवन विमानस्थलमा भएको हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित थिए।

Thai support arrival TIA 1

‘सो विमानमा सर्जिकल मास्क, पीपीई सेट, फेस सिल्ड, एन्टिजेन टेस्ट, पल्स अक्सिमिटर लगायतका सामग्री ल्याइएको थियो’ परराष्ट्र मन्त्रालयले बताएका थिए।

थाइल्याण्ड राजपरिवारले १० लाख सर्जिकल मास्क, पीपीइ गाउन ४ हजार ५ सय २०, खुट्टा छोप्ने १० हजार, सर्जिकल क्याप १० हजार, फेस सिल्ड ५ हजार, एन्टिजेन टेस्ट २० हजार, पल्स अक्सिमिटर ६ सय, डिजिटल थर्मोमिटर १५ सय, बडि ब्याग १ हजार, हाइफ्लो नेजल क्यानुला अक्सिजन ३० थान, अटोमेटिक अक्सिजन कन्सेन्ट्रेटर (प्रतिमिनेट १० लिटर क्षमता) ८ थान र थप पीपीई गाउन ७ हजार थान प्रदान गरेको हो।

सूची:

Thai support list

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .