प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ का लागि घोषणा गरेको निर्वाचन हुनेमा ओली खेमाकै एमाले नेता शंकर पोखरेल पनि पूर्णतः विश्वस्त देखिएका छैनन्।
शनिबार सरकारले सार्वजनिक गरेको बजेटको चर्चा गर्ने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले ‘मुलुक मध्यावधि चुनावमा जाने निश्चितजस्तै’ वाक्यांश प्रयोग गरेका हुन्। निश्चित भन्नु र निश्चितजस्तै भन्नुमा आकाश–पाताल भिन्नता हुन्छ। यसले उनी पनि चुनाव हुन्छ नै भन्नेमा ढुक्क नदेखिएको प्रस्ट हुन्छ।
मुख्यमन्त्री पोखरेलले शनिबार राति फेसबुकमा लेखेका छन्, ‘बजेट कोभिड–१९ को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रित छ।जनअपेक्षा पनि यस्तै थियो। अब मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुँदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो। कोरोना महामारी र चुनावी खर्चको व्यवस्थाका बाबजुद जनताका अपेक्षाहरूलाई सम्बोधन गर्न बजेट अग्रसर देखिन्छ।’
Shares
प्रतिक्रिया