ad ad

राजनीति


कोरोना नियन्त्रणका लागि थप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

कोरोना नियन्त्रणका लागि थप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

नेपालखबर
जेठ १२, २०७८ बुधबार १०:५४,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ संक्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त गरेका छन्।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चीनका राजनीतिक दलहरुसँग महामारीको बेला संयुक्त रुपमा अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गरे।

कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उनले प्रशंसा गरे। उपप्रधानमन्त्री पोखरेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .