कोरोना भाइरस संक्रमणबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल विश्वकर्माको निधन भएको छ।
५४ वर्षका विश्वकर्माको काठमाडौ मीनभवनस्थित सिभिल अस्पतालमा बुधबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘कोरोना संक्रमित भएपछि १५ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो’, श्रेष्ठले भने।
दाङका विश्वकर्मा ५४ वर्षका थिए।
प्रतिक्रिया