ad ad

कारोबार


गोदरेजको ‘मिस्टर म्याजिक स्वच्छतामा सुरक्षा’ अभियान सुरु

गोदरेजको ‘मिस्टर म्याजिक स्वच्छतामा सुरक्षा’ अभियान सुरु

नेपालखबर
जेठ १२, २०७८ बुधबार १०:३४,

कोरोना संक्रमणलाई फैलिनबाट रोक्नको लागि गोदरेजले मिस्टर म्याजिक स्वच्छतामा सुरक्षा अभियान सुरु गरेको छ।

कोरोना महामारीको समयमा हात धुने महत्वलाई ध्यानमा राख्दै मान्छेहरुलाई हात धुन प्रोत्साहन गर्ने उद्देश्यले सो अभियान सुरु गरेको बताइएको छ। यस कार्यक्रम अन्तर्गत गोदरेजले भाटभटेनी लगायत काठमाडौंका विभिन्न अस्पतालहरुमा हात धुने अभियान सुरु गरेको हो।

अभियान अन्तर्गत राजधानीको १० ओटा अस्पतालहरुमा यो अभियान सञ्चालन गरिएको छ। सहिद गंगालाल स्मारक अस्पताल, त्रिवि शिक्षण अस्पताल, अल्का अस्पताल, ओम हस्पिटल र केएमसी अस्पतालमा यो महिना र ग्रिन सिटी हस्पिटल, मनमोहन मेमोरियल हस्पिटल, पाटन हस्पिटल, सुमेरु हस्पिटल र नेपाल मेडिकल कलेज एण्ड हस्पिटलमा अर्को महिना देखि यो अभियान सुरु हुनेछ।

यी हस्पिटलहरुमा मिस्टर म्याजिकको निःशुल्क हात धुने स्टलको व्यवस्था गरिएको छ।

प्रत्येक स्टलमा गोदरेजको उत्पादन मिस्टर म्याजिक ह्यान्डवास र पानीको व्यवस्था गरिएको छ। मिस्टर म्याजिक पाउडर ह्यान्डवास हो जुन पानीको सम्पर्कमा आएपछि लिक्विड बन्छ। एउटा बोटलमा २०० मिलि पानी र मिस्टर म्याजिक पाउडर राखेर सजिलै ह्यान्डवास बनाउन सकिनेछ। यसको रिफिल पनि बजारमा सजिलै उपलब्ध छ।

पटक पटक हात धोएर कोरोना संक्रमणलाई एक व्यक्ति देखि अर्को व्यक्तिमा फैलिन नदिनको लािग गोदरेज नेपालको यो एक सानो प्रयास हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .