ad ad

राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीको कदम पुस ५ कै निरन्तरता : माओवादी केन्द्र

राष्ट्रपति र प्रधानमन्त्रीको कदम पुस ५ कै निरन्तरता : माओवादी केन्द्र

नेपालखबर
जेठ ८, २०७८ शनिबार ११:५८,

नेकपा माओवादी केन्द्रले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने कदम २०७७ पुस ५ कै प्रतिगामी कदमको निरन्तरता भएको बताएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी स्थायी समिति बैठकपछि विज्ञप्ति जारी गर्दै १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुको विकल्प नहुँदा नहुँदै प्रधानमन्त्री र राष्ट्रपति मिलेर असंवैधानिक कदम चालेको बताएका छन्।

'यो स्थितिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्र विरोधी दृष्टिकोण, पद तथा सत्तास्वास्थ केन्द्रित चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधिनताको मुद्दालाई सौदावाजीको विषय बनाउने सत्तास्वास्थ केन्द्रित आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ', विज्ञप्तिमा भनिएको छ।

माओवादीले यसलाई अग्रगमन र प्रतिगमनबीच, विदेशी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादबीचको संघर्ष भएको बताएको छ।

माओवादीले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक संघर्ष गर्ने जनाएको छ।

prachanda press88

prachanda press8

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .