अक्सिजन अभावमा अस्पतालले बिरामी लिन छाडेपछि कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठक बसिरहेको छ।
सिंहदरबारस्थित सचिवालयमा जारी बैठकमा अस्पतालहरुलाई थप अक्सिजन व्यवस्थापनका बारेमा छलफल भइरहेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
अस्पताललाई सीसीएमसीको सिफारिसअनुसार मात्रै अक्सिजन दिन सिफारिस गरेपछि अस्पतालमा अक्सिजनको चरम अभाव सुरु भएको छ।
अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना गर्न बन्द गरेका छन्।
सोमबार सीसीएमसीले अक्सिजन उत्पादक कम्पनीहरुलाई आफ्नो सिफारिसअनुसार मात्रै अक्सिजन सिलिन्डर वितरण गर्न भनेको थियो।
यो पनिः मेडिसिटी र मध्यपुर अस्पतालले भने : अब कोभिडका बिरामी भर्ना गर्न सक्दैनौं
९ वटा उत्पादक कम्पनीले कुन कुन अस्पताललाई कति कति अक्सिजन दिने भनेर सीसीएमसीले तोकिदिएको छ।
उसले सबैभन्दा धेरै वीर अस्पताललाई ३ सय सिलिण्डर दिन सिफारिस गरेको छ। बाँकी ठूलो अस्पताललाई बढीमा १ सय ५० वटा अक्सिजन उपलब्ध गराउन भनेको छ।
तर त्यति सिलिन्डरले बिरामीलाई अपुग भएको भन्दै अस्पतालहरुले बिरामी भर्ना गर्न छाडेका हुन्।
सरकारले थप पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउनसाथ बिरामी भर्ना गर्न थाल्ने अस्पतालहरुको भनाइ छ।
एकपछि अर्को निजी अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी भर्ना गर्न बन्द गरेका छन्।
सीसीएमसीले कुन अस्पतालाई कति अक्सिजन तोक्यो? हेरौं सूचीः
प्रतिक्रिया