ग्राण्डी अस्पतालले थप कोरोना संक्रमित बिरामी भर्ना गर्न नसक्ने घोषणा गरेको छ।
आज एक सूचना जारी गर्दै अक्सिजन अभावका कारण विरामी भर्ना गर्न नसक्ने जनाएको हो।
सरकारको नियम अनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र प्राप्त हुने भएकाले चाहे अनुसार विरामी भर्ना गर्न नसक्ने अस्पतालले जनाएको छ।
अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त भएपछि थप विरामी भर्ना गरिने ग्राण्डिले जनाएको छ।
कोरोना संक्रमितको उपचारमा कटिवद्ध भएर लाग्दा लाग्दै यो अवस्था आएको अस्पतालले बताएको छ।
प्रतिक्रिया