नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ।
माधव नेपाल, झलनाथ खनालसहितका नेताहरु बसेर स्थायी समितिको बैठक बसिरहेको हो।
बिहान ११ बजेबाट काठमाडौंको मेघा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले जानकारी दिए।
बैठकमा समसामयिक विषय, कोरोना संकट लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनायो।
प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि पार्टीबाट निस्कासन गरेपछि खनाल–नेपाल समूहले देशैभर समानान्तर कमिटी गठन गरिरहेको छ।
बैशाख ६ गते ओलीले नेपालसहितका २७ सांसदलाई पदमुक्त किन नगर्ने? भनेर स्पष्टीकरण सोधेका थिए।
प्रतिक्रिया