सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली कन हीको परिवारले १० अर्ब ७८ करोड अमेरिकी डलरबराबरको कीर्तिमानी पैतृक सम्पत्ति कर तिर्ने भएको छ।
दक्षिण कोरियामा विश्वकै धेरै पैतृक सम्पत्ति करदर रहेको छ।
सामसङलाई विश्व इलेक्ट्रोनिक्स ब्रान्ड बनाउने श्रेय जाने लीको गत वर्ष अक्टोबरमा मृत्यु भएको थियो।
करबारेको मुद्दालाई लगानीकर्ताले नजिकबाट नियालिरहेका छन्। यसले सामसङमा रहेको ली परिवारको सेयरमा समेत प्रभाव पार्न सक्छ।
कम्पनीका उपप्रमुखमा अहिले जे वाई लीले सन् २०१४ यता डी फ्याक्टो प्रमुखको भूमिका निर्वाह गरिरहेका छन्।
लगानीकर्ताले भने लीका छोरा जेको सेयर परिवर्तनबारे नियामक निकायले गर्ने फाइलिङ कुर्नुपर्नेछ।
जे अहिले जेलजीवन बिताइरहेका छन्। उनी २ वर्ष ६ महिनाका लागि जेलमा छन्। पूर्वराष्ट्रपति पार्क गुन ही समेत संलग्न रहेको घुसकाण्डमा जे मुछिएका छन्।
सामसङले एक वक्तव्य जारी गर्दै यो कोरिया र सम्भवतः विश्वमै धेरै कर भएको बताएको छ।
कोरियामा ५० प्रतिशत पैतृक सम्पत्ति करदर छ। यो जापानपछिकै ठूलो दर हो। अमेरिका र बेलायतमा यस्तो करदर ४० प्रतिशत छ। बीबीसीबाट
Shares
प्रतिक्रिया