ad ad

राजनीति


प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ : प्रमुख राजनीतिक सल्लाहकार

प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ  : प्रमुख राजनीतिक सल्लाहकार

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य ठीक रहेकाे उनका प्रमुख राजनीतिक सल्लाहकारले बताएका छन्।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको भन्दै केही सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार निराधार भएकाे बताएका हुन्।

68751367 484658265700766 1647305358869266432 n

बिहीबार राति उनले सामाजिक सञ्जाल ट्विटमार्फत् सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्केलगत्तै सरकार र पार्टी कामको धपेडीले प्रधानमन्त्री ओली केही थकित हुनु भएकाले आज शुक्रबार बस्ने गरी हिजो बिहीबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित गरिएको उल्लेख गरेका छन्।

67983230 348019032811162 7307595212979699712 n 1

सोही आधारमा अड्कलबाजी गरेर केही सञ्चारमाध्यमले गलत हल्ला फैलाएको उनको दाबी छ। प्रधानमन्त्री ओली आज बिहानैबाट नियमित भेटघाट र बैठकमा सहभागी हुने प्रमुख राजनीतिक सल्लाहकार रिमालले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .