ad ad

राजनीति


उपत्यकामा थप कडाइ गरिँदै, भोलि निर्णय गर्ने सीडीओको तयारी

उपत्यकामा थप कडाइ गरिँदै, भोलि निर्णय गर्ने सीडीओको तयारी

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १६:३३,

कोरोना महामारी तीब्र गतिमा बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञाको सम्भावना देखिएको छ।

सोमबार उपत्यकाका ३ जिल्लाका प्रमुख अधिकारीको बैठकले संक्रमण बढिरहेको अवस्थामा के गर्ने भन्ने निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज सहरी क्षेत्रमा ५ सय भन्दा बढी र पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रमित भए निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनेगरी सिफारिस गरेको थियो।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ५ सय भन्दा बढी संक्रमित छन्।

‘आज सीसीएमसीले के के निर्णय गरेको छ भोलि हामीलाई निर्णय प्राप्त हुनछ, त्यसपछि भोलि नै हामी बसेर थप निर्णय लिन्छौं’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

सीसीएमसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्लामा लकडाउन गर्न सक्नेछन्। आइतबार मात्रै उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ।

आइतबार उपत्यकाका तीनै सीडीओ कार्यालयले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्।

यस्तै अन्य निकायलाई समेत भीडभाड नगरी कार्यालय सञ्चालन गर्ने व्यवस्थ गर्न निर्देशन दिइएको छ।

भोलि नै लकडाउन गर्ने कि अरु कुनै मोडलमा जाने भन्ने निर्णय हुने पराजुलीले बताए। दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले थप कडाइ गर्दै लगेको छ।

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द (सूचना)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .