ad ad

राजनीति


नेपाल समूहले एमाले एकता रक्षाको मागसहित पार्टी स्थापना दिवस बेग्लै मनाउने

नेपाल समूहले एमाले एकता रक्षाको मागसहित पार्टी स्थापना दिवस बेग्लै मनाउने

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १४:५९,

नेकपा (एमाले) नेपाल खनाल पक्षले ‘नेकपा (एमाले)को एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने नारा सहित पार्टी स्थापना दिवस मनाउने भएको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस अप्रिल २२ (२०७८ वैशाख ९ गते) लाई भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने सन्दर्भमा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार विशेष वैठक बसेको प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए।

बैठकले ७२औं नेकपा स्थापना दिवसका अवसरमा ‘नेकपा (एमाले)को एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रम आयोजना गर्ने स्थायी कमिटीको पूर्व निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा थप केही निर्णयहरु गरेको भट्टराईले जनाएका छन्।

उनका अनुसार राजधानी (उपत्यका)मा पार्टी स्थापना दिवसका अवसरमा २०७८ वैशाख ९ गते अपरान्ह १ बजे काठमाडौंको प्रज्ञा भवन कमलादीको हलमा विशेष कार्यक्रम आयोजना गर्ने, उपत्यका बाहिर मातहत कमिटीहरुले आफ्नो स्थानीय अनुकुलता अनुसारका कार्यक्रम बनाई नेकपाको ७२ औं स्थापना दिवस मनाउने, देशका विभिन्न भागमा र राजधानीको प्रज्ञा भवनको हलमा आयोजना हुने कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवम् सदस्यहरुलाई आव्हान गर्ने निर्णय गरिएको छ।

आजको बैठकमा जनसंगठन तथा मोर्चा संगठनका इन्चार्ज रहेका स्थायी कमिटीका सदस्यहरु, सम्पर्क समन्वय कमिटीका संयोजक तथा सह संयोजकहरु, उपत्यका विशेष कमिटीका संयोजक, उपत्यकाका तीनवटै भुगोल कमिटीका इन्चार्ज तथा अध्यक्षहरु, जनसंगठन तथा मोर्चा संगठनका प्रमुखहरु लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .