नेकपा एमालेका नेता योगेश भट्टराईले सर्लाहीमा रेवती पन्त जिल्ला अध्यक्ष होइन भने केपी ओलीलाई पनि नेकपा एमालेको अध्यक्ष मान्न नसकिने टिप्पणी गरेका छन्।
शनिबार सर्लाहीको हरिवनमा आयोजित युवा संघको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले केही दिनअघि ओलीपक्षीय केन्द्रीय सदस्यसहितका ९ नेताले पन्तलाई अध्यक्ष अस्वीकार गर्दै निकालेको वक्तव्यलाई चुनौती दिएका हुन्।
यो पनि : ओली–नेपाल टक्करले एमाले सर्लाहीमा भाँडभैलो, अध्यक्ष अस्वीकार गर्दै विज्ञप्ति
नेता भट्टराईले भने, ‘यदि रेवती पन्त सर्लाहीको अध्यक्ष होइन भने नेकपा एमालेको अध्यक्ष पनि केपी ओली होइन भन्न सक्नुपर्छ हामीले।’
जिल्ला अधिवेशनबाट निर्वाचित रेवती पन्त सर्लाहीको एमाले जिल्ला अध्यक्ष भएकामा कुनै दुविधा नलिन नेता भट्टराईले सर्लाहीका सम्पूर्ण नेता/कार्यकर्तालाई आग्रह पनि गरे।
‘कसैलाई एउटा न्याय कसैलाई अर्काे न्याय हुँदैन। कानुन सबैका लागि लागू हुन्छ। केपी ओलीका निम्ति लागु हुने कानुन रेवती पन्तका निम्ति पनि लागु हुन्छ,’ उनले भने।
‘एकै अधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली वैधानिक, सचिव मचाहिँ अवैधानिक !’
यस्तै उनले उही (नवौं) महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली वैधािनक हुने, सचिव मचाहिँ वैधानिक नहुने भन्ने प्रश्न पनि गरेका छन्।
उनले प्रश्न गरे, ‘त्यही नवौं महाधिवेशनले निर्वाचित गरेको अध्यक्ष केपी ओलीचाहिँ वैधानिक हुने, त्यही नवौं महाधिवेशनले निर्वाचित गरेको सचिव मचाहिँ वैधानिक नहुने यो के हो? त्यही महाधिवेशनले निर्वाचित गरेको महासचिव वैधानिक हुने त्यही महाधिवेशनले निर्वाचित गरेको उपहासचिव, सचिवहरू वैधानिक नहुने यो के हो?’
सुन्नुहोस्, तलको भिडिओमा योगेश भट्टराईको भनाइ :
यी पनि :
सर्लाहीमा युवा संघले भन्यो : एमाले जिल्ला अध्यक्ष हटाएको भन्ने दाबी हास्यास्पद
ओलीनिकट एमाले केन्द्रीय सदस्य बैठा भन्छन् : सर्लाही अध्यक्ष पन्तलाई कारबाही गरिएको कुरा झुटो
प्रतिक्रिया