ad ad

राजनीति


मुम्बई प्रहरीलाई मेल आयो– गृहमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको हत्या गर्दैछौं !

मुम्बई प्रहरीलाई मेल आयो– गृहमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको हत्या गर्दैछौं !

नेपालखबर
चैत २४, २०७७ मंगलबार १०:३४,

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको ज्यान खतरामा परेको छ।

मुम्बईस्थित केन्द्रीय रिजर्भ प्रहरी बलको मुख्यालयमा एक मेल प्राप्त भएको छ। जसमा लेखिएको छ– आगामी दिनमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गरिनेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेलमा अगाडि लेखिएको छ– कुनै धार्मिक स्थलमा दुवै मन्त्रीविरुद्ध आक्रमण गरिनेछ।

यस्तो मेलपछि प्रहरी कार्यालयमा हंगामा मच्चिएको छ। मेल मंगलबार बिहान प्राप्त भएको हो। 

यसरी गृहमन्त्री र मुख्यमन्त्रीलाई मार्ने धम्की आएपछि मुम्बई प्रहरीसहित अन्य सुरक्षा एजेन्सी सतर्क भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .