ad ad

राजनीति


त्रिविसमक्ष अखिल (क्रान्तिकारी) को १८ बुँदे माग

त्रिविसमक्ष अखिल (क्रान्तिकारी) को १८ बुँदे माग

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ०:४४,

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसमक्ष १८ बुँदे ज्ञापनपत्र बुझाएको छ।

बिहीबार त्रिविका उपकुलपति प्रा.धर्मकान्त बास्कोटासमक्ष १८ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले जानकारी दिए।

ज्ञापनपत्रमा स्ववियु निर्वाचनको ठोस कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न, विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तीमा २० घण्टा रोजगारीको व्यवस्था गर्न, राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्न माग गरिएको छ।

त्यसैगरी आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने व्यवस्था गर्न, कोभिड १९ र लकडाउन अवधिको सम्पूर्ण शैक्षिक शुल्क मिनाहा गर्न, स्वास्थ्य बिमाको व्यवहारिक कार्यान्वयन गर्न, एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र विमा शुल्क लिने व्यवस्था गर्न क्रान्तिकारीले माग गरेको छ।

त्यसैगरी विश्वविद्यालयको प्रशासनिक सेवालाई अनलाइन प्रणालीमा लैजान, बाँकी सम्पूर्ण विषयको मौका परीक्षाको व्यवस्था गर्न, विगतमा विद्यार्थी संगठन र त्रिविबीच भएका सहमती यथासिघ्र कार्यान्वयन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ।

k 0142021013445 1000x0

k 2 0142021013434 1000x0

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .