नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्भवतः पहिलोपटक माधवकुमार नेपाल पक्षको प्रशंसा गरेका छन्।
नेपाल पक्षका सांसदले प्रदेश नं १ र बागमतीका मुख्यमन्त्रीविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिएपछि ओली कित्ताका एमाले केन्द्रीय सदस्य थापा खुसी भएका हुन्।
अविश्वास प्रस्ताव फिर्ताले पार्टी एकता र राजनीतिक स्थिरताका लागि सकारात्मक भूमिका खेल्ने उनको विश्वास छ।
‘प्रदेश १ र बागमतीका मुख्यमन्त्रीविरुद्ध ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘हिजो जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियो सरकार पक्षका यी कदम सही छन्।’
उनको आग्रह छ, ‘कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ।’
ओली समूहमा थापा नेपाल पक्षका कट्टर आलोचक मानिन्छन्। तर यसपटक उनले सकारात्मक अभिव्यक्ति दिएका हुन्।
Shares
प्रतिक्रिया