ad ad

राजनीति


नेकपा खारेजविरुद्ध प्रचण्डले दिएको मुद्दा अघि बढ्ला?

नेकपा खारेजविरुद्ध प्रचण्डले दिएको मुद्दा अघि बढ्ला?

नेपालखबर
चैत १९, २०७७ बिहिबार ३:३५,

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्ने फैसला पुनरवलोकन गर्न पुष्पकमल दाहाल प्रचण्डले दिएको मुद्दा (निवेदन) को सुनुवाइ अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा सर्वाेच्च अदालतले आज (बिहीबार) निर्णय गर्ने भएको छ।

अदालत स्रोतका अनुसार प्रचण्डले दिएको पुनरवलोकन निवेदनलाई निस्सा दिने/नदिनेबारे आज निर्णय गरिने भएको हो। अदालतले निस्सा दिए मात्र मुद्दा अगाडि बढ्छ।

आफ्नो नेकपाले मान्यता पाउनुपर्ने माग राखी ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दा गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै पछि दर्ता नेकपा खारेज तथा यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएको हो।

यसैमा चित्त नबुझेर तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार फैसला पुनरवलोकन माग गर्दै निवेदन दिएका हुन्।

त्यही निवेदनबमोजिम पुनरवलोकन मुद्दा अगाडि बढाउने/नबढाउनेबारे सर्वाेच्च अदालतले आज टुंगो लगाउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .