ad ad

राजनीति


आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक, गर्ला त सरकारलाई दिएको समर्थन फिर्ता?

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक, गर्ला त सरकारलाई दिएको समर्थन फिर्ता?

नेपालखबर
चैत १९, २०७७ बिहिबार ३:३,

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने उद्घोष गरेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज (बिहीबार) बस्दै छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बिहान ९ बजेपछि सुरु गर्ने तयारी रहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छ t भन्ने नेपालखबरको जिज्ञासामा उनले यो कुरा अहिले भन्न नसकिने बताए।

‘अहिले एजेन्डाबारे जानकारी भइसकेको छैन,’ उनले भने, ‘त्यो कुरा बैठकमै थाहा होला।’

यद्यपि माओवादी केन्द्रले आजको स्थायी कमिटी बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने  अनुमान गरिएको छ।

किनकि अध्यक्ष प्रचण्डले केही दिनअघि सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता लिइने बताएका थिए भने हिजो (बुधबार) मात्र मुख्य सचेतक देवप्रसाद गुरुङले पनि प्रधानमन्त्रीले चैत २३ भित्रै विश्वासको मत लिनुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .