ad ad

राजनीति


सत्ता समीकरणबारे छलफल गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव पुगे देउवा निवास

सत्ता समीकरणबारे छलफल गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव पुगे देउवा निवास

नेपालखबर
चैत १८, २०७७ बुधबार १५:५,

जनता समाजवादी दल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

अध्यक्षद्वय भट्टराई र यादव देउवालाई भेट्न बुधबार उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।

भेटमा बर्तमान राजनीतिक अवस्था लगायत सत्ता समीकरणबारे छलफल भएको डा. भट्टराई निकट एक नेताले जानकारी दिए।

सत्ता समीकरणबारे भने सहमति जुट्न नसकेको उनले बताए।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यका लागि निरन्तर वार्ता गरिरहेका बेला भट्टराई र यादव भने ओलीलाई साथ दिने पक्षमा छैनन्।

नयाँ गठबन्धन बनाएर ओलीलाई सरकारबाट हटाउनुपर्ने अडानमा रहेका भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि पटकपटक भेट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .