ad ad

राजनीति


महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग

महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुख डा.अहिराजको सहयोग

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:४३,

प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले पदभार ग्रहण गरेपछि पहिलो महिनाको पारिश्रमिकको आधा रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्।

बुधबार डा. अहिराजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगी आधा महिनाको तलब बराबरको रुपैयाँ सहयोग गरेका छन्।

प्रदेश प्रमुख डा.अहिराजले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण निरीक्षण गर्नुका साथै छलफल समेत गरेका छन्। उनले महावीर पुनलाई प्रदेश २ मा पनि आविष्कार केन्द्रको स्थापनाका लागि प्रस्तावसमेत गरेको नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले जानकारी दिएका छन्।

उपाध्यायको पहलमा प्रदेश प्रमुख डा.अहिराजले सो सहयोग गरेका हुन्। आविष्कार केन्द्रका सञ्चालक पुनले प्रदेश २ मा पनि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको आवश्यकता औँल्याए।

नेपाल सरकारका पूर्वसचिव उपाध्यायका अनुसार प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ मा आविष्कार केन्द्र स्थापनार्थ हरेक सहयोग गराउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए। जग्गा उपलब्ध गराउनेदेखि सरकारसँग बजेटका लागि पनि पहल गर्ने आश्वासन दिएका थिए।

यसअघि प्रदेश प्रमुख अहिराजले मंगलबार जलन पीडित बालिकाहरुलाई आफ्नो आधा महिनाको तलब सहयोग गरेका थिए। डा. अहिराज फागुन ८ गते प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .