नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच जुहारी चलिरहेका बेला नेपालपक्षीय नेता योगेश भट्टराईले वादविवाद आफूसमान वा माथिल्लो तहकासँग गर्दा मात्र फाइदा हुने बताएका छन्।
आफूभन्दा जान्नेसुन्नेसँग बहस गर्दा केही सिक्न पाइने तर आफूभन्दा कनिष्ठसँग गर्दा समय र मानसिकता मात्र बर्बाद हुने उनको भनाइ छ।
‘वादविविवाद पनि आफूसमान वा आफूभन्दा सिनियर र जान्नेसुन्नेसँग गरियो भने फाइदा हुन्छ किनकि आफूले केही सिक्ने मौका पाइन्छ,’ पूर्वपर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्र हो।’
प्रतिक्रिया