ad ad

राजनीति


प्रदेश १ का नवनियुक्त मन्त्रीले गरे सपथग्रहण

प्रदेश १ का नवनियुक्त मन्त्रीले गरे सपथग्रहण

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ८:७,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

मुख्यमन्त्री राईले आफ्नाे मन्त्रिमण्डलमा दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् भने अन्य दुई राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गरेका छन्।

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ प्यासीले नवनियुक्त मन्त्री, राज्यमन्त्री र बढुवा गरिएका मन्त्रीहरुलाई शुक्रबार दिउँसो सपथग्रहण गराएका छन्।

मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला, नेपाल–खनाल समूह छाडेर ओली समूहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन्।

त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा भएका छन्।

Province 1 ministers

मगर पनि यसअघि नेपाल पक्षमा भए पनि पुस ५ गतेपछि ओली समूहतर्फ लागेका थिए।

योसँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बन्नु पुगेको छ।

पुनर्गठित मन्त्रिमण्डलको सूची:

Province 1 minister list 77Chait 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .