ad ad

कारोबार


ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १२ लाखको हात खाली

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १२ लाखको हात खाली

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ८:३,

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

कम्पनीले ५ लाख ९४ हजार जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको हो। योसँगै आवेदन स्वीकृत भएका १२ लाख ३ हजार ८ सय ३५ जनाको हात खाली भएको छ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँको दरमा ६६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो। त्यसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बाँडिएको हो।

३ लाख ३० हजार कित्ता भने कर्मचारीका लागि छुट्याइएको थियो। त्यस्तै अर्को ५ प्रतिशत म्युचुअल फन्डका लागि छुट्याएर बाँकी कित्ता सर्वसाधारणमा निष्काशन गरिएको थियो।

कम्पनीले गत फागुन २१ गते साधारण सेयर निष्काशन गरेको थियो।

त्यसमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाले ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन दिएका थिए।

त्यसमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जनाको आवेदनमात्रै स्वीकृत भएको थियो भने ४१ हजार ७ सय ३ जनाको आवेदन रद्द गरिएको थियो। यस्तै ३१ हजार ५ सय ४ जना आवेदक शंकास्पद देखिएको कम्पनीले जनाएको छ। २ हजार ९ सय ४२ आवेदक अस्वीकृत भएका थिए।

कम्पनीको आईपीओको बिक्री प्रबन्ध एनएमबी क्यापिटलले गरेको थियो।

आईपीओ परे/नपरेको यो लिंक (यहाँ क्लिक गर्नुहोस्)बाट थाहा पाउन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .