ad ad

राजनीति


माधव नेपाल र भीम रावलले बुझाए स्पष्टीकरण

माधव नेपाल र भीम रावलले बुझाए स्पष्टीकरण

नेपालखबर
चैत १२, २०७७ बिहिबार १२:१३,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पार्टीले मागेको स्पष्टीकरण बुझाएका छन्।

पार्टीसँग वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग गरेकोमा नेपाल र रावलले पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाएका हुन्।

उनीहरुलाई गत शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरित काम गरेको भनी स्पष्टीकरण माग गरेको थियो।

‘पार्टी कार्यालयमा रहेका कर्मचारीले नेताहरुको स्पष्टीकरण पत्र प्राप्त भएको बताउनुभएको छ,’ एमालेका कार्यालय सचिव ईश्वरी रिजालले नेपालखबरसँग भने।

अर्का एक नेताले पार्टी कार्यालयमा महासचिवका नाममा पत्रहरु प्राप्त भएको बताए।

शनिबारको केन्द्रीय समितिको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले सोमबार चारजना नेताहरुको नाममा छुट्टाछुट्टै स्पष्टीकरण पत्र पठाएका थिए।

सो पत्रमा तीन–दिनभित्र जवाफ दिन भनिएअनुसार आज बिहीबार नेताहरुले जवाफ पठाएका हुन्।

*यसअघि पार्टी कार्यालयले दिएको जानकारीका आधारमा चारैजनाको पत्र प्राप्त भएको भन्ने हुन गएकोमा सँच्याइएको छ।

यो पनि : 
स्पष्टीकरण दिने नेपाल पक्षको तयारी : राजनीतिक रूपमा खुला जवाफ, ओलीलाई प्रश्न पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .