हालै भेटिएका पुराना सामग्रीहरुलाई आधार मान्दै पुरातत्वविदहरुले हजरौं वर्ष पहिले पनि चीनका मानिसहरु सौखिन रहेको अनुमान गरेका छन्।
अधिकारीहरुका अनुसार सिचुवान प्रान्तको सानसिङदुई क्षेत्रमा ३ हजार वर्ष पहिले पुजारीले लगाउने सुनको मास्क, बहुमूल्य गहना भेट्टाएका हुन्।
सो क्षेत्रमा ४ हजार वर्ष अगाडि खाइने गरिएको नुडल्स ‘चाउचाउ’ पनि भेटिएको छ। यसअघि सन् २००५ मा सिङहाई प्रान्तको लाजिया साइटमा पनि नुडल्स भेटिएका थिए।
यी आधारका कारण चीनमै चाउचाउ, थुक्पाजस्ता खानेकुराको विकास भएको बताइएको छ। सन् २०१८ मा चीनको हेनान प्रान्तमा २ हजार वर्ष अगाडिको वाइन पनि भेटिएको थियो।
अधिकारीहरुका अनुसार हाल चीनका पुरातत्वविदले २७ सय वर्ष अगाडि चिनियाँ पुरुषले लगाउने श्रृंगार सामग्री पनि भेट्टाएका छन्।
एससीएमपीका अनुसार केही भाडामा पुरुषले लगाउने सेतो क्रिमहरु भेटिएको जनाइएको छ।
प्रतिक्रिया