ad ad

राजनीति


कांग्रेस अहिलेको परिस्थितिलाई सम्हालेर जान तयार छ : प्रकाशमान सिंह

कांग्रेस अहिलेको परिस्थितिलाई सम्हालेर जान तयार छ : प्रकाशमान सिंह

नेपालखबर
चैत १२, २०७७ बिहिबार ११:५९,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बस्ने नैतिकता गुमाइसकेको बताएका छन्।

बिहीबार विराटनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा नेता सिंहले ओलीले असंवैधानिक कदम उठाएर सत्तामा बस्ने नैतिकता गुमाइसकेको बताउँदै उनलाई १ सेकेण्ड पनि सत्तामा बस्ने अधिकार नभएको बताएका हुन्।

नेता सिंहले नेपाली जनताको लामो समयको संघर्षबाट प्राप्त भएका उपलब्धिमाथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए।

देश विकासका लागि कम्युनिस्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनले बताए। ‘कम्युनिस्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन तर कम्युनिस्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउनतर्फ लाग्यो’, नेता सिंहले भने।

आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ। कांग्रेस अहिले पनि परिस्थितिलाई समालेर जान तयार रहेको बताए। उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन जारी राखेको र जनात समाजवादी पार्टीले पनि कुनै निर्णय नलिएको भन्दै उनले सरकारको विकल्प दिन कांग्रेसले ध्यान दिएन भन्नू उपयुक्त नभएको बताए।

नेता सिंह कांग्रेस मोरङका सभापति स्व.अशोक कोइरालाप्रति समवेदना दिन आज विराटनगर आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .