ad ad

समाज


कोरोना संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणबाट ४० वर्षीया महिलाको मृत्यु

नेपालखबर
चैत १२, २०७७ बिहिबार ११:४८,

कोरोना संक्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ। कनकाई नगरपालिका–३ सुरुंगा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिइन्।

केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परको बताइएको छ।

शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज बिहान अस्पतालमै निधन भएको जनाइएको छ। मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .