नेकपा–एमाले सचिव योगेश भट्टराईले पार्टी नेताहरुलाई स्पष्टीकरण सोध्ने पक्ष नै लाखौं पश्नको घेरामा रहेको बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
सोहिअनुसार ती चार नेतालाई आज सोमबार स्पष्टीकरण पत्र पठाइएको छ।
नेताहरुलाई स्पष्टीकरण सोध्ने प्रसंग तातिरहेका बेला नेता भट्टराईले ‘सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन्’ भनी आफ्नो धारणा सामाजिक सञ्जालमार्फत् व्यक्त गरेका हुन्।
प्रतिक्रिया