ad ad

राजनीति


अवैध केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरण स्वीकार्य छैन : भीम रावल

अवैध केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरण स्वीकार्य छैन : भीम रावल

नेपालखबर
चैत ९, २०७७ सोमबार ६:४७,

नेकपा–एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरण आफूहरुलाई मान्य नभएको बताएका छन्।

उनले ओलीले राखेको केन्द्रीय कमिटी बैठक अवैध भएको दाबी गर्दै त्यस्तो कमिटीले सोधेको स्पष्टीकरण स्वीकार नगर्ने बताएका छन्।

अध्यक्ष ओलीले नवौ महाधिवेशनबाट पारित विधानलाई मिच्दै र अवैधरुपमा गठन गरिएको केन्द्रीय कमिटीको बैठकबाट सो निर्णय गरिएको हुँदा त्यसलाई स्वीकार नगर्ने दाबी गरेका छन्।

‘जुन केन्द्रीय कमिटीबाट स्पष्टीकरण सोध्ने सो निर्णय गरिएको भनिएको छ, त्यो अवैध छ। सो समिति नवौ महाधिवेशनको विधानलाई मिच्दै बनाइएको हो,’ रावलले नेपालखबरसँग भने, ‘यसको कुनै अर्थ र औचित्य छैन। त्यसैले त्यो स्वीकार्ने भन्ने कुरै हुँदैन। त्यो केन्द्रीय कमिटी नै नक्कली हो।’ 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले रावलसहित वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो।

तर नेपाल पक्षले भने विधानविपरित केन्द्रीय कमिटीमा २३ जनालाई थप गरिएको भन्दै शनिबार बसेको सो कमिटीको बैठकलाई अवैध भन्दै आएका छन्।

फागुन २८ गते नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई खबर नै नगरी राखिएको बैठकबाट २३ पूर्वमाओवादी नेतालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरिएको थियो। सो निर्णय खारेजी गर्नुपर्ने र सर्वोच्च अदालतको आदेशबमोजिम २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचनाहरुलाई सक्रिय बनाउनुपर्ने उनीहरुले माग गर्दै आएका छन्।

यो पनि : 
एमालेका ४ नेतालाई ओली पक्षले पठायो स्पष्टीकरण पत्र, माधव नेपाललाई सोधियो ४ पृष्ठमा १७–बुँदे प्रश्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .