ad ad

राजनीति


सार्वजनिक घोषणा बिनै अफगानिस्तान पुगे अमेरिकी रक्षामन्त्री लोयड अस्टिन

सार्वजनिक घोषणा बिनै अफगानिस्तान पुगे अमेरिकी रक्षामन्त्री लोयड अस्टिन

नेपालखबर
चैत ९, २०७७ सोमबार ६:३६,

केहीहप्ता पछाडि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले उक्त देश छाड्दैछन्। आफ्ना सेनाले अफगानिस्तान छाड्न अगाडि अस्टिन काबुल पुगेका हुन्।

काबुलमा त्यहाँका राष्ट्रपति असरफ गनीसँगको भेटपछि अस्टिनले हिंसा कम गर्न र वार्ताको माध्यमबाट द्वन्द्व समाप्त गर्नुपर्नेमा जोड दिएका छन्।

गतवर्ष ट्रम्प प्रशासन र बिद्रोही समूह तालिबानबीच वार्ता भएको थियो। वार्तामा तालिबानले हिंसा रोक्ने र अमेरिकी सेना त्यहाँबाट फर्किने सम्झौता भएको थियो।

तर हालसम्म पनि विद्रोही तालिबान अफगानिस्तान सरकारसँग वार्ता गर्ने वाचामा कायम रहन्छ या रहँदैन भन्ने अन्यौल देखिएको छ।

किनभने अझैपनि तालिबान र त्यहाँका सरकारी सेनाबीचको भिडन्त जारी रहेको पाइएको छ।

अस्टिन बाइडेन प्रशासनमा अफगानिस्तान पुग्ने पहिलो उच्च अधिकारी हुन्। हालै जापान तथा भारतपछि उनी काबुल पुगेका हुन्।

न्युयोर्क टाइम्सका अनुसार अस्टिनले भनेका छन्,‘हामी चाहन्छौं अफगानिस्तानमा हिंसा कम होस् यसले शान्तिवार्ताको माह्वल बन्छ र कूटनीतिक कार्यमा सफलता मिल्छ।’

दिर्घकालिन सम्झौता हुन अगाडि यदि विदेशी सुरक्षा बल अफगानिस्तानबाट बाहिरिए तालिबानले फेरि सत्ता हातमा लिने पनि आशंका भइरहेका छन्।

अमेरिकाका अनुसार अझै २५ सय अमेरिकी सेना अफगानिस्तानमा छन्। ट्रम्पले यसअघि अफगानिस्तानबाट आफ्नो सेना फर्काउने विषयलाई प्राथमिकतामा राखेका थिए।

अफगानिस्तानको विद्रोही तालिबानले हिंसा मच्चाएपछि अमेरिकी सेना त्यहाँ शान्ति स्थापना गर्न खटाइएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .